बाँके ः चार वर्षअघि चार वटा बाघको संख्या रहेको बाँके राष्ट्रि«य निकुञ्जमा हाल बाघको संख्या २१ पुगेको छ । आहाराको व्यवस्थापन चोरी सिकारीमा नियन्त्रण लगायतका कामले चार वर्षको अवधिमै चारबाट २१ मा पुगेको निकुञ्जले जनाएको छ । २०७१ सालमा बाघको संख्या चार मात्र थियो ।
वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रम सुरु हुँदा नेपालमा पहिले एकसय ९८ वटा बाघको संख्या रहेको बताए । अहिले बढे दुईसय ६५ पुगेको छ । २०६७ सालमा स्थापना भएको निकुञ्जमा हाल बाघ हेर्न आउने पर्यटकहरु बढेका छन् । गत आर्थिक वर्षमा एकसय जनाले राष्ट्रि«य निकुञ्जको अवलोकन गरेको सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताए ।
बाँके निकुञ्जमा वन्यजन्तुको चोरी शिकारी तथा अपराध अवैध व्यापारका ५४ वटा मुद्दा छन् ३७ वटा अदालतमा मुद्दा परेका छन् भने १७ वटा निकुञ्जको कार्यालयमा दर्ता भएका छन् । चोरी शिकारी गरेको आरोपमा ३३८ जना पक्राउ गरिएको उनले बताए ।
गत आर्थिक वर्षमा ३४ वटा मुद्दामध्ये १४ वटा मुद्दा जिल्ला अदालतमा र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन् । वन कार्यालयबाट एकसय २७ जना पक्राउ परेका छन् ।
अधिकांश मुद्दा सुकुटीको व्यापार र जडीबुटीको व्यापार भएको कर्णाली प्रदेशको प्रवेशद्वार हुम्लाबाट अवैधरुपमा व्यापार वन्यजन्तुको सुरक्षाको लागि संरक्षण चिन्ता बढेको सहायक संरक्षण अधिकृत थपलियाले जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्जमा गतवर्ष ७२ वटा वन्यजन्तु सवारी दुर्घटनामा मरेका छन् । यस्तै आर्थिक वर्ष २०७४÷७५ मा ४५ वटा वन्यजन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको थपलियाले बताए । पूर्व–पश्चिम राजमार्गको ७२ किलोमिटर क्षेत्र बाँके राष्ट्रिय निकुञ्जभित्र पर्छ । राजमार्गमा ३० किलोमिटर निकुञ्ज क्षेत्रफल जोडिएको छ ।
यस्तै निकुञ्जले आव २०७४÷७५ मा ११ वटा र गत वर्ष ४३१ वटा वन्यजन्तुको उद्धार गरेको छ । आव २०७४÷७५ मा निकुञ्जका वन्यजन्तुबाट क्षति भएका ३०५ घरधुरीमध्ये १४ लाख २८ हजार ७२ रुपैयाँ पीडितलाई राहत वितरण गरेको जनाएको छ । गतवर्ष ४१८ परिवारलाई ६० लाख ९३ हजार ४२ रुपैयाँ राहत वितरण गरेको थपलियाले बताए ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६