टीकापुर नगरपालिका–९ मा मोहना नदी किनारको झन्डै तीन सय विघा नेपाली भूमिमा भारतीयले खेती गर्दै आइरहेका छन् । १५ वष अघिसम्म नेपालीले भोगचलन गर्दै आएको नेपाली भूमि त्यसयता भारतीयले खेती गरेका हुन् ।
सीमा क्षेत्र भई बग्ने मोहना नदीले धार परिवर्तन गरेर नेपाली भूमि भारततर्फ कटान गरेपछि नेपालीले आफ्नो जमिन भारतीयलाई भाडा दिने शर्तमा खेती गर्न दिएका थिए ।
साविक धनसिंहपुर गाविसका ५० जना कृषकले भोगचलन गर्दै आएको सो जग्गा सुरुमा भारतीय कृषकले भाडा दिएपनि २०४० सालयता उनीहरुले केही पाएका छैनन् । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६