भेरी नदीको कटानका कारण जोखिममा परेको रुकुम पश्चिम सानी भेरी गाउँपालिका–१ रजेला बस्तीका बासिनदा नदीले कटान गर्न थालेपछि घरबाहिर जाग्राम बस्दै आएका छन् ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्याल नेतृत्वको टोली सो क्षेत्रमा पुगेर निरीक्षण गरेको छ ।
निरीक्षणपछि बन्दी कटानका कारण जोखिममा रहेको र त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारको सहकार्यमा उचित व्यवस्थापनका काम अघि बढाउने प्रजिअ पौड्यालले बताए ।
बस्ती जोखिममा देखियो, ठूलो पानी परेका दिन घरमा नबस्न अनुरोध गरेका छौं, उनले भने, ‘यसका उचित व्यवस्थापनका लागि स्थानीय सरकार र जिल्ला विपद व्यवस्थापन समितिमार्फत तत्काल काम सुरु गरिन्छ ।’ आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६