मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।
हाल देशका अधिकांश सामान्य देखि पूर्ण बदलीको अवस्था छ। देशका थोरै स्थानम हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ ।
राती देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ | देशको एक-दुई स्थानमा भारी वर्षाको संभावना छ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६