ऋषिको गिनिजबुकमा नाम लेखाउने सपना अहिलेको भने होइन । उनले अहिले हातले टेकेर तीन किलोमिटर हिँडेर गिनिजबुकमा नाम लेखाउने दौडमा पनि छन्। उनले चार महिनाअघि हातले टेकेर तीन किलोमिटर दुरी पार गरेको भिडियो गिनिजबुकको कार्यालयमा पठाए । त्यसको नतिजाको पर्खाइमा छन् ऋषि । विगत चार÷पाँच वर्षअघिदेखि गिनिजबुकमा नाम लेखाउने दौडमा रहेका ऋषि आर्थिक अभावमा त्यसले सफलता नपाएको बताए । तर, उनको अठोट भने जसरी पनि गिनिजबुकमा नाम लेखाएर छाड्ने छ ।
प्रयास गर्दै जाँदा अहिले उनी हातले हिँड्न थालेको १३ वर्ष पुग्यो । लामो सङ्घर्ष र प्रयासपछि उनी अहिले उकालो, आरालोसमेत हिँड्नसक्ने भएका छन्। यही सीपलाई लिएर विश्व कीर्तिमानी कायम गरी आफ्नो जन्मभूमि र देशलाई चिनाउने दौडमा रहेका बताए ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६