न्यायपरिषद् बैठकले करसम्बन्धी मुद्दामा अधिकार क्षेत्र मिचेको भन्दै उच्च अदालत पोखराका तीन न्यायाधीश र जिल्ला अदालत ललितपुरका एक न्यायाधीशलाई न्यायपरिषद्मा काजमा झिकाउने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर राणाको अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले चार न्यायाधीशको विषयमा विस्तृत छानबिनका लागि काज झिकाउने निर्णय गरेको न्यायपरिषद् सचिवालयका सूचना अधिकारी टेकनाथ गौतमले जानकारी दिए ।
गौतमका अनुसार उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवमाथि छानबिनका लागि न्यायपरिषद् काज झिकाउने निर्णय भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६