राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३७ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ ।
आगामी भदौ १२ देखि जापानको ओसाका सीधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रुपैयाँ नयाँ भाडादर निर्धारण गरेको हाे । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६