माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरले पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशित गरेको हो । नतिजा प्रकाशनका लागि साँझ ५ बजेदेखि बोर्ड बैठक बसेको थियो । बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिएको हो ।गत बर्षबाटै बोर्डले ग्रेडिङ्मा नतिजा सार्वजनिक गर्न शुरु गरेको हो ।
नियमित तर्फ परीक्षामा सहभागी २ लाख ९२ हजार १ सय ५३ मध्ये सबै भन्दा माथिल्लो जीपए अर्थात् ३।६१ देखि ४।०० सम्म ल्याउने विद्यार्थी जम्मा ३ हजार ६७ रहेका छन् । ३।२१ देखि ३।६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी रहेका बोर्डले जनाएको छ । ग्रेडिङ पद्दति अनुसार ९ वटा तहको ग्रेड अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
यसरि हेर्न सकिन्छ नतिजा
कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
वेबसाइट बाट यसरि हर्नुहाेस नतिजा:
प्रकाशित मिति: सोमबार, साउन १३, २०७६