काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य चीन प्रस्थान गरेका छन् । ल्हासा नगरसँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि उनी त्यसतर्फ गएकाे र यही साउन २१ गते स्वदेश फर्किने छन् । प्रमुख शाक्यसँग वडा न–ं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा नं २८ का अध्यक्ष भाइराम खड्गी, कार्यपालिका सदस्य हीरादेवी पोख्रेल, रश्मी खड्का, प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलिया, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका यम बसेलसहित सहभागी रहेका महानगरले जनाएको छ ।
प्रमुख शाक्यले दुई नगरबीचको वाणिज्य सम्बन्ध, पर्यटन, शिक्षा तथा संस्कृति आदानप्रदान गर्ने विषय भेटका मुख्य उद्देश्य भएका बताए । उनले भने, नगर–नगरबीचको सम्बन्धलाई जनस्तरमा पु¥याउने कार्यक्रमलाई पनि छलफलका क्रममा प्राथमिकतामा राखिनेछ । चीनमा रहँदा टोलीले उच्चस्तरीय भेटघाटसँगै तिब्बत्को पोटाला दरबार, जोखाङ् मन्दिर, सेरा मोनाष्ट्री, चार हजार ७१८ मिटर उचाइमा रहेको स्थानीय पर्यटकीय गन्तव्य नाम्को ताललगायतका स्थानमा भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
प्रमुख शाक्यले आफू चीनमा रहँदा कार्यबाहक प्रमुखको जिम्मेवारी उपप्रमुख हरिप्रभा खड्गीलाई दिएका छन् । --रासस
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६