काठमाडौं: बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको बालाजुको माछापोखरीस्थित एक सपिङ मलबाट खसेर मृत्यु भएको छ ।
श्रेष्ठको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शवको बुधबार पोष्टमार्टम गर्ने परिवारले जनाएको छ । श्रेष्ठको मृत्यु आत्महत्या हो वा होइन भनेर अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ । उनको दिउँसो एक बजेतिर मृत्यु भएको बताइएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारस्थित ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो।
मालपोत कार्यालय डिल्लीबजारमा रहँदा उनले कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप थियो।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६