गुल्मी: कालीगण्डकी गाउँपालिका–७ भुुतुङमा अविरल वर्षाले घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
गाँउपालिकाको वडा नम्बर ७ स्थित छापचौरका विष्णु परियारको घर भत्किँदा १३ वर्षका छोरा चुने परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपक कुमार बस्नेतले जानकारी दिए।
घाइते हुनेहरुमा २८ वर्षीया खिमा परियार, ३३ वर्षीय प्रदिप परियार, १२ वर्षीय साजन परियार, १ वर्षीया सोनि परियार, २५ वर्षीय भेष कुमार परियार रहेका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा पठाएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६