नेपाल आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा सिंगापुरसँग ८२ रनले हारेकाे छ ।
सिंगापुरले प्रस्तुत गरेको १ सय ९२ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा अलआउट हुदै १०९ रन मात्र बनायो । नेापल आईसीसी टी२० एसिया विश्वकलप छनोट खेलमा सिंगापुरसँग रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । नेपाललाई हराउँदै च्याम्पियन बनेको सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुगेको छ ।
नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६