चितवनका दुग्ध किसानले मूल्य बढाउने तयारी गरेका छन् । किसानले दूधको मूल्य बढाउन दबाब दिएपछि जिल्ला दुग्ध सहकारी संघ लिमिटेडले मूल्य बढाउने तयारी गरेको हो ।
गत साता शुक्रबार बसेको बैठकले प्रतिलिटर दूधमा १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको अध्यक्ष रत्नमणि न्यौपानेले बताए ।
‘१–२ दिनमै घोषणा गर्दैछौं,’ उनले भने, ‘लागत ठूलो छ । किसानले मूल्य नपाएपछि बढाउन बाध्य भएका हौं ।’ आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६