शिक्षा विकास तथा समन्वय इकाई ललितपुरमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा काममा कठिनाई उत्पन्न भएको छ। शिक्षा विकास इकाई र जिल्ला प्रशासन कार्यालयका लागि एकजना लेखापालले काम गर्नुपर्ने बाध्यता छ।
इकाइमा जम्मा आठ जनाको दरबन्दी भए पनि ६ जनाबाट काम चलिरहेको छ। ६ मध्येका दुई जनाले रमाना लिइसकेकाले काममा दैनिक काम प्रभावित बनेको इकाई प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए।
उक्त कार्यालयमा दुई जना प्राविधिक सहायकको दरबन्दी खाली छ। बराल आफैले लेखाका सम्पूर्ण काम गरेर आफ्नो दराजमा राख्दै आएको बताए। ‘आफ्नो काम गर्न भ्याइनभ्याई छ, लेखाको काम थपिएको छ’ उनले भने। लेखाको काममा लापरवाही गर्न नमिल्ने भएकाले कसैलाई जिम्मा दिन नसकेको उनको भनाइ छ।
शिक्षा इकाई पहिलाको संरचना अनुसार जिल्ला प्रशासन अन्तर्गत थियो। तर हाल शिक्षा मन्त्रालयसँग जोडिएपछि यस्तो समस्या निम्तिएको हो। ‘साना–तिना प्रकृतिका काम भइरहन्छन् तर काम देखिँदैन’ बरालले भने ‘हाल लेखा र स्टोरमा कर्मचारीको अति खाँचो छ।’ इकाईबाट हुने विद्यालयका अनुमति दिने जस्ता काम स्थानीय तहमा गए पनि अन्य कामहरु यथावत रहेका छन्। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६