मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।
हाल देशभर सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ ।
राती देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६