नवलपरासीपूर्व नवलपुरको गैँडाकोट नगरपालिकाका एक वडाध्यक्षले आफ्नो तलब सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवद्र्धन ज्ञवालीले आफूले एक वर्षमा तलबबापत प्राप्त गरेको रु एक लाख २० हजार विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरे ।
वडाध्यक्ष ज्ञवालीले गैँडाकोट–१७ स्थित अमर ज्योति माविलाई रु ४५ हजार बराबरको एक थान कम्प्युटर उपलब्ध गराएका हुन् ।
गत वर्षको तलबसमेत आफूले विभिन्न सामाजिक कार्यमा नै खर्च गरेको उनकाे भनाई छ ।
प्रकाशित मिति: शनिबार, साउन ११, २०७६