सेल्फी खिच्ने क्रममा तामाकोशी नदीमा खसेर शुक्रबार भक्तपुर महालक्ष्मी नगरपालिका ६ की १९ वर्षीया शर्मिला कर्माचार्यको मृत्यु भएको छ ।
मन्थली नगलपालिका २ स्थित कठजोर खोला नजिकैबाट तामाकोशी नदीको सेल्फी खिच्ने क्रममा कर्माचार्य तामाकोशी नदीमा खसेकी थिइन् ।
कोसीसमेत आउने गरी सेल्फी खिच्ने क्रममा नदीमा खसेर बगेकी कर्माचार्यलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मन्थली विमानस्थल नजिकबाट उद्धार गरी बाहिर निकालेको थियो ।
तर उद्धारपछि उपचारका लागि तामाकोशी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन ११, २०७६