परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्षाको समयमा भारतीय बाँधका बारण नेपाली भूमिमा हुने डुबानका विषयमा भारतीय पक्षसँग गम्भीर रुपमा छलफल गर्ने बताएका छन्।
नेपाल वातावरण पत्रकार समूहले शुक्रबार आयोजना गरेको नेपाल–भारत सीमाका बाँध, डुबान र समाधानका उपाय विषयक बहस कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल र भारतबीच हुन लागेको परराष्ट्र मन्त्रालय स्तरीय बैठकमा बाँधको विषय गम्भीर रुपमा उठाउने बताएका हुन्।
मन्त्री ज्ञवालीले एउटाको हितका लागि अर्काेले दुःख पाउनुपर्ने अवस्था आउन नहुने भन्दै बाढी नेपाल र भारत दुवैको साझा समस्या भएकाले साझा ढंगले समाधान खोज्नुपर्ने बताए। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन ११, २०७६