विभिन्न बहानामा वृद्धि भएको मासुको मूल्य घटाउन सरकारले निर्देशन दिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माछा मासु व्यवसायीलाई छलफलमा बोलाएर मूल्य घटाउन शुक्रबार निर्देशन दिएको हो ।
विभागले मासुको मूल्यको विषयमा उपत्यकामा कारोबार गर्ने व्यवसायीलाई छलफलका लागि बोलाएको थियो ।
विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार केही महिनायता मूल्यवृद्धि भएकोबारे छलफलका लागि व्यवसायीलाई बोलाइएको थियो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन ११, २०७६