लिबियामा करिब ३ सय शरणार्थी सवार पानीजहाज लिबियाको तटीय क्षेत्रमा डुबेको छ । खचाखच भरिएको पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।
तर तटरक्षकहरूले अहिलेसम्म १ जनाको मात्रै शव निकालेका छन् । जहाजमा डुबेका १५० जनाको उद्धार भएको छ । माछा मारिरहेका तटीय क्षेत्रका स्थानीयले उनीहरूको ज्यान जोगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
जहाज लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटरको दूरीमा रहेको एक शहरबाट हिँडेको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६