प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहीबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई बधाई दिने क्रममा एकैपटक दुई वटा गल्ती भएका छन् ।
प्रधानमन्त्री ओलीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोनसनको थिएन ।
यतिमात्रै होइन, ट्विटरमा प्रयोग गरिएको भाषामा पनि अशुद्धता देखिएको छ । ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजुम्सनको हिज्जे गलत लेखिएको थियो ।
पहिलो ट्विटमा गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्विटमार्फत बेलायती प्रधानमन्त्रीलाई बधाई व्यक्त गरिएको छ ।
तर दोस्रो ट्विटमा पनि हिज्जे गलत लेखेपछि सच्याइएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन व्यक्तिलाई विज्ञका रुपमा नियुक्ति दिएर राखेका छन् ।
यिनै विज्ञका कारण यस्ता गल्ती दोहोरिने गरेका छन् । यसै कारण विदेशी सरकार प्रमुखलाई दिएको बधाईसमेत खल्लो बन्न पुगेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६