कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ ।
तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन । निर्मलाको हत्यारा पत्ता लाग्न नसक्दा पीढा कम नभई झनै बल्झिदै गएको उनका बाबु–आमा बताउँछन् ।
न्याय खोज्दाखोज्दै वर्ष बितेपनि अझै न्याय पाउन नसक्दा पीडा थपिदै गएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन् ।
‘निर्मला हत्याको वर्षदिन भइसक्दा पनि प्रहरीले किन हत्यारा पत्ता लगाउन सकेन,’ उनले भनिन्, ‘निर्मलाको हत्यारा पत्ता नलाग्दा वर्षदिनसम्म पनि पीडा आलै छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६