रक्सोल-अमलेखगन्ज पाइपलाइनबाट दैनिक चार हजार किलोलिटर इन्धन ढुवानी गरिने भएको छ । भारतको मोतीहारी-रक्सोलदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी हुने भएको हो ।
पाइपबाट ढुवानी गरिएको तेल बाराको अमलेखगन्ज डिपोमा भण्डारण गरिनेछ । नेपाल र भारतको संयुक्त लगानीमा बनेको पेट्रोलियम पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर इन्धन ढुवानी गरिनेछ । दैनिक २० घण्टा पाइपलाइन सञ्चालन गरिनेछ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६