काठमाडौं: युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका रामसुदन तिमल्सिना पुरस्कृत गरेको छ । साथै कान्तिपुर टिभीका प्रदिपकुमार लेखीलाई पनि सम्मान गरेका छ । मन्त्रालयले बुधबार खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट जनही ५० हजारसहित सम्मान गरेको हो ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी अफिसियल एवं खेलकुद पत्रकार सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले तिमल्सिना र लेखीलाई नगद पुरस्कार प्रदान गरेका हुन् । पत्रकारिताका माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई अगाडि बढाउन गरेको योगदानको कदर गर्दै तिमल्सिना र लेखीलाई सम्मान गरिएको हो । तिमल्सिना एक दशकदेखि खेलकुद पत्रकारितमा क्रियायासिल रहेका छ ।
सो कार्यक्रममा दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता टिम, अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज विजेता टिम, एथलेटिक्स, ब्याडमिन्ट र स्पेसल ओलम्पिकका पदक विजेता टिमलाई मन्त्रालयले नगद पुरस्कार प्रदान गरिएको थियो ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कार्यविधिमा बनाए खेलाडीको सम्मान गरेको बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, मन्त्रालयका सचिब कृष्णप्रसाद देवकोटा, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६