कर्मचारी समायोजन सम्पन्न भएको भन्दै समायोजन महाशाखा खारेज गरेको करिब ३ साता पछि गुनासो सम्बोधनको नाममा आफ्नालाई रोजेको ठाउँमा ल्याउन चलखेल सुरु भएको छ ।
सरकारका उच्च प्रशासक निकटलाई रोजेको निकायमा ल्याउन गुनासो सम्बोधनका नाममा चलखेल सुरु भएको हो ।
असार २० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन महाशाखा विघटन गरी तत्कालिन महाशाखाका प्रमुख केदार पनेरुलाई योजनाको शाखाको जिम्मेवारी दिइएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६