हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिकै अवस्थित छ जसको कारणले अहिले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ ।
आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राती देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको मध्य र पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६