प्रहरीले छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाण्डौले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न अनुमति दिएकाे हाे ।
हेमा ओझाले पहिलो श्रीमतीको रुपमा आफू हुँदाहुँदै निर्माता छविराज ओझा र नायिका पोखरेलले बहुविवाह गरेकाले दुवैलाई कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेकी थिइन् ।
महिलासम्बन्धी मुद्धा महिला प्रहरी सेल कालिमाटीले पक्राउ पूर्जी जारी भएकाे महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६