विद्यालय तहमा उपलब्ध गराउनुपर्ने छात्रवृत्तिमाथि झुटको खेती हुने गरेको पाइएको छ ।
निजी विद्यालयले विभिन्न बाहनामा १० प्रतिशत छुट दिने गरेको नक्कली रेकर्ड तयार पार्ने गरेका छन् ।
निजी विद्यालयहरूले एउटै परिवारको तीन जना भए एकजनालाई छुट, विद्यालयमा कार्यरत शिक्षकका छोराछोरी र आफन्तलाई छुट, विद्यालय सञ्चालकका नजिकका नातेदारलाई छुट दिएर झुटो विवरण तयार पार्ने गरेको स्थानिय तहले दाबी गरेका छन् ।
काठमाडौंस्थित नागार्जुन नगरपालिकाका प्रवक्ता थुमराज केसीका अनुसार आफन्तलाई भर्ना गरेर छात्रवृत्तिको तथ्यांक तयार पार्ने गरेका छन् ।
उनले भने, निजी विद्यालयले १० प्रतिशत त पु¥याउँछन् । तर, नातागोतालाई भर्ना गरेर हो । वास्तविक विद्यार्थीले छात्रवृत्ति नपाएको यथार्थ हो ।’ उनले गरीवि परिचयपत्र वितरण नहुँदा पनि छात्रवृत्ति कार्यक्रममा समस्या देखा परेको बताए ।
भरतपुर महानगरपालीकाका प्रवक्ता अरुणपीडित भण्डारी छात्रवृत्ति उपलब्ध गराउने विषयलाई कार्यान्वयन गर्ने चरणमा आफूहरू रहेको बताउँछन् । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६