बागलुङमा आर्थिक वर्ष २०७५/७६ को ७६ करोड ८० लाख बढी रकम फ्रिज भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७५/७६ मा विभिन्न कार्यालयले खर्च नै गर्न नसकेपछि चालू र पुँजीगत दुवैतर्फको गरी ७६ करोड ८० लाख ८० हजार ८ सय ९२ रुपैयाँ रकम फ्रिज भएको हो ।
जिल्लामा गत आर्थिक वर्ष २०७५/७६ मा चालू खर्चतर्फको ५ अर्ब ३ करोड ३३ लाख ७९ हजार रुपैयाँमा असारसम्म ४ अर्ब ७२ करोड २४ लाख २ हजार ५ सय ८१ रुपैयाँ खर्च भएको छ ।
३१ करोड ८ लाख ७६ हजार ६ सय ५५ रुपैयाँ फ्रिज भएको छ । यस्तै, पुँजीगततर्फ १ अर्ब ३० करोड ५१ लाख ६६ हजार रुपैयाँमा ८४ करोड ८० लाख ६१ हजार ७ सय ६२ रुपैयाँ खर्च भएको छ भने ४५ करोड ७१ लाख ४ हजार २३७ रुपैयाँ रकम फ्रिज भएको छ ।
गत वर्ष पुँजीगत खर्चतर्फ सबैभन्दा धेरै रकम डिभिजन सडक कार्यालयको फ्रिज भएको थियो । डिभिजन सडक कार्यालयको १६ करोड ९८ लाख ३१ हजार ३७७ रुपैयाँ फ्रिज भएको छ ।
पुँजीगत तर्फ ५४ करोड ९२ लाख रुपैयाँ बजेटमा असारसम्म ३७ करोड ९३ लाख ६८ हजार ६ सय २२ रुपैयाँ मात्र खर्च गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६