मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिकै अवस्थित छ जसको कारणले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ |
हाल देशभर सामान्य देखि पूर्ण बदली भई अधिकांश स्थानहरुमा वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
राती देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ | देशका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाे माैसिम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६