लण्डन : बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन निर्वाचित भएका छन् । मंगलबार मध्यान्ह सार्वजनिक भएको मतपरिणाम अनुसार कन्जरभेटिभ पार्टीका कार्यकर्ताले जोन्सनलाई बेलायतको प्रधानमन्त्रीमा निर्वाचित गरेका हुन् ।
पूर्वविदेश मन्त्रीसमेत रहेका जोन्सनले बहालवाला विदेशमन्त्री जेरेमी हन्टलाई पराजित गरेका हुन् । औपचारिक रुपमा प्रधानमन्त्रीको घोषणा कामचलाउ प्रधानमन्त्री टेरिजा मेले पदत्याग गरेलगत्तै भोलि हुनेछ ।
एक लाख ६० हजार सांसदले गरेको मतदानमा जोन्सनले ९२ हजार १५३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दीले ४६ हजार ६५६ मत ल्याएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि जोन्सनले आफूसँग पराजित हन्ट र बाहिरिँदै गरेकी प्रधानमन्त्री मेलाई सम्मान व्यक्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६