नेपाल आईसीसी टी २० एसिया विश्वकप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा कतारसँग हारेकाे छ । नेपालका व्याट्सम्यानहरू चल्न नसक्दा कतारलाइ १२२ रनकाे सामान्य लक्ष दिएकाे थियाे ।
कतारले १९.२ ओभरमा ६ विकेटकाे क्षतिमा पुरा गरे । नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए । नेपालले पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई छैटौं ओभरको अन्तिम बलमा २८ रनमा गुमाएको थियो । उप कप्तान ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । ११ औं ओभरको पहिलो बलमा शरद भेषवकर पनि ठूलो सर्ट खेल्ने धुनमा ७ रनमा क्याच आउट हुन पुगे । १८ ओभरको चौथो बलमा विनोद भण्डारी पनि ठूलो सर्ट खेल्ने धुनमा ३ रनमा आउट भए ।
करण केसी ४ रनमा बोल्ड आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । नेपाललाई सस्तैमा रोक्न कतारका लागि कतारका लागि इकवाल हुसेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।
तमोर शज्जाद र नोउमान शनवारले समान २ विकेट लिए । त्यस्तै इनवाल हसनको नाममा १ विकेट रह्यो ।
१२३ रनकाे लक्ष पछ्याएकाे कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए । १४ औं ओभरको चौथो बलमा रन आउट हुनुअघि उनले ३२ बलमा ६ चौका प्रहार गरे ।
कतारले ओपनर फैसल जभिदलाई दोस्रो ओभरको पहिलो बलमा १ रनमा गुमाएको थियो । उनलाई सन्दीप लामिछानेले सोमपाल कामीबाट क्याच आउट गराए । पाँचौ ओभरको पहिलो बलमा खानलाई सन्दीप लामिछानेबाट १५ बलमा समान २ चौका र छक्का सहित रनमा २२ रनमा क्याच आउट गरे ।
सन्दीपले दशौं ओभरको पाँचौ बलमा मोहम्मद तनबीरलाई ११ रनमा क्याच आउट गराए । त्यस्तै सन्दीपलेनै जाहीर इब्राहिमलाई १२ रनमा क्याच आउट गराए । तमोर शज्जाद ९ रनमा रन आउट भए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट हात पारे । करण केसीको नाममा १ विकेट रह्यो ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६