खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा बस्दै आएका काकाले आफ्नै भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको थाहा पाएपछि प्रहरीले २२ वर्षीया एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाकी गर्भवती छिन् । सोमबार नियन्त्रणमा लिई पथ अनुसन्धान र कारबाहीका लागि युवकलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।
पक्राउ परेका युवकले आफ्नै जेठा दाजुकी छोरीलाई बलात्कार गरेका हुन् । पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार पीडकले आफ्नो अपराध स्वीकार गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६