प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिहरु भारतीय दूतावासको जलपानमा सरिक भएका छन् ।
उनीहरु राजदूत मन्जिवसिंह पुरीको निमन्त्रणामा सोमबार त्यहाँ गएका हुन र भारतीय रिसर्च एण्ड एनालाइसिस विङका उच्च अधिकारीहरुसमेत आएकाले उनीहरुको सम्मानमा आयोजित जलपानमा सांसदहरु सहभागि भएका हुन् ।
एक समिति सभापतिका अनुसार १० दिनअघि नै मोबाइलमा निम्ता पठाइएको थियो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६