काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले डा.सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताउनुभएको छ । तिलगंगाआँखा प्रतिष्ठानको २५ औंबार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विद्वानपूर्खाहरुको देश नेपालमा सन्दुकले आँखाउपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताउनुभयोे । “डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ ” प्रधानमन्त्रीओलीले भन्नुभयो “आँखाउपचारको लागि विश्वको अग्रणी संस्थास्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन वहाँ सफलहुनुभएको छ । त्यस कारण वहाँलाई बधाइ र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना ।”
डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँउज्यालो संसार देख्न पाएको प्रधानमन्त्रीओलीको भनाइ छ । तिलगंगाआँखाअस्पतालको प्रेरणाबाट धेरै ले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने वहाँको भनाइ छ । स्थापनाको २५ बर्ष मै धेरै उपलब्धी हासिल गर्न सकेको भन्दै प्रधानमन्त्रीओलीले रुइत र अस्पतालको प्रशंशागर्नु भएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६