देशभरको तथ्यांक हेर्ने हो भने ६ वर्ष अवधिमा २२ हजार ३ सय ७५ जनाको हत्या भएको छ। २०७१ देखि २०७५ सम्म प्रहरीमा दर्ता भई अनुसन्धान भएका यी घटना केलाउँदा ६ सय ८४ जना आफन्तबाटै मारिएको देखिन्छ।
यस्ता घटनामा श्रीमान्ले श्रीमती, श्रीमतीले श्रीमान्, बुवाआमाले छोराछोरी, छोराछोरी/बुहारीले आमाबुवा, सासूससुराको ज्यान लिएका छन्। सौतेनी आमाबाबु, मामा, काकाकाकी, दाजु, बहिनी, देवर, भाउजू, साली, भिनाजु, सासुससुरालगायत सम्बन्धमै घटना भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार २०७० मा ४ हजार ६ सय ८७, २०७१ मा ५ हजार १ सय ७२, २०७२ मा ५ हजार ३ सय ६७, २०७३ मा ५ हजार ९ सय ४, २०७४ मा ६ हजार ४ सय ५ र २०७५ मा ५ हजार ३० जनाको हत्या भयो।
प्रहरीमा दर्ता भएका ज्यानसम्बन्धी घटनामा खुनडाँका, कर्तव्य ज्यान, विष खुवाएर हत्या, गर्भपतन र आत्महत्या गर्न दुरुत्साहन जोडिएका छन्।
आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६