दैनिक ४३ करोड लिटर पानी आवश्यक पर्ने काठमाडौंमा यसको कालोबजारी बढ्दै गएको छ । प्रशोधित पानीको नाममा १ सय २० प्रतिशतसम्म मुनाफा गरी व्यवसायीले ब्रम्हलुट मच्चाइरहेका छन् ।
उत्पादकले ९ रुपैयाँ प्रतिबोतलमा दिने पानी व्यापारीले त्यसको तीन गुणासम्म बढी लिएर बेच्छन् । नौं रुपैयाँमा किनेको पानी व्यापारीले २५ रुपैयाँभन्दा बढी लिने गरेको अनुगमनका क्रममा फेला परेको सरकारी अधिकारीको भनाई छ ।
२० प्रतिशतभन्दा बढी नाफा खाए कारबाही हुने कानुन रहेपनि जिम्मेवार निकाय सक्रिय नहुदा कालोबजारी मौलाएको पाइन्छ । आजको नागरिक दैनिकमा समाचार छ।
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६