मुलुकमा सञ्चालित विभिन्न २६ वटा विदेशी साझेदार लगानीका कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट करिब २७ अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् ।
सो अवधिमा अझै केही कम्पनी आकर्षक लाभांश लैजाने क्रममा छन् । विभिन्न विदेशी कम्पनीले न्यूनतम ४ लाख ७५ हजारदेखि १२ अर्ब ५४ करोड रुपैयाँसम्म लाभांश लगेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६