नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट अपुग भएको भन्दै भ्रमण वर्ष सचिवालयले थप ५० करोड रुपैयाँ सरकारसँग माग गरेको छ ।
सचिवालयका संयोजक सुरज वैद्यले सरकारले उपलब्ध गराएको १० करोड रुपैयाँ बजेट अपुग भएको बताए । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६