स्थानीय तहमा रिक्त रहेका पदपूर्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनका लागि शुक्रबार र शनिबार भएको परीक्षामा सहभागी हुनको संख्या पहिलेको भन्दा बढेको छ।
दोस्रो दिन (शनिबार) लिएको परीक्षामा फाराम भरेका परीक्षार्थीमध्ये ८४ दशमलव १ प्रतिशत उपस्थित भएको आयोगले जानकारी दिएको हो।
आयोगका अनुसार विद्यार्थीहरूको उपस्थिति मधेसमै सबैभन्दा बढी छ। आयोगका लाहान केन्द्रमा ९३ प्रतिशत परिक्षार्थीको उपस्थिति थियो भने खोटाङमा सबैभन्दा कम ७२ दशमलव १९ प्रतिशतको उपस्थिति रहेका प्रवक्ता किरण शर्माले जानकारी दिए।
विगतका परीक्षामा फाराम भरेकामध्ये ६५ प्रतिशत हाराहारीमा परीक्षार्थी मात्र परीक्षामा उपस्थिति हुुने गरेकोमा यसपटक ८३/८४ प्रतिशतसम्म परीक्षार्थीको उपस्थिति रहेको जानकारी दिँदै प्रवक्ता शर्माले भने, ‘यो उपस्थिति भनेको यसपटक आयोगले लिएको परीक्षामा युवाहरूको आकर्षण निकै बढी देखियो।’ आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६