अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत एक वर्षको अवधिमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा १२ कर्मचारीविरुद्ध ४५ करोड रुपैयाँको भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
घुस रकमसहित कर्मचारी पक्राउ परेपछि अनुसन्धानको क्रममा स्र्रोत नखुलेको सम्पत्ति ठहर भएपछि अख्तियारले अकुत सम्पत्तिमा मुद्दा दर्ता गरेको जनाएको छ ।
अख्तियारले हालसम्मको सबैभन्दा बढी नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध २३ पुसमा मुद्दा चलाएको थियो ।
उनीविरुद्ध १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ बिगो दाबी गरी मुद्दा चलाएको थियो । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यो नै सबैभन्दा ठूलो बिगो भएको मुद्दा थियो । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६