नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको देखिएपनि पर्यटकले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने घटेको तथ्यांकले देखाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको नेपाल टुरिज्म स्टाटिस्टिक्स २०१८ का अनुसार सन् २०१७ मा एक पर्यटकले ५४ अमेरीकन डलर खर्च गरेकोमा त्यो घटेर सन्२०१८ मा ४४ अमेरिकन डलरमा सीमित भएको छ ।
सन् २०१८ मा १२ लाखले नेपाल भ्रमण गरेका थिए । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६