नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ ।
गत पुसमा सम्पन्न स्थायी समितिको बैठकमा गौतमले फरक मत राखेपछि बिग्रेको सम्बन्ध विस्तारै सुधार हुँदै आएको हो ।
गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए ।
फागुन २८ गते गौतमको जन्मदिन रहेछ, त्यसदिन प्रधानमन्त्रीज्युले उहाँको जन्मदिन सँगै मनाउने इच्छा व्यक्त गर्नुभयो र मिठाइ बाँडेर जन्मदिन मनाइएको थियो,’बालुवाटार स्रोतले भन्यो ।
पार्टी एकताको प्रक्रिया समेत अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्य समेत रहेका गौतमसँग प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर संवाद गरिरहेका छन् ।
केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटलाई अघि बढाउँदा पनि ओलीले गौतमसँग छलफल गरेका थिए । सुटुक्कै बालुवाटार पुग्ने गरेका गौतमसँग ओलीले पूर्वएमालेको भागमा परेको विभागीय प्रमुखहरुको जिम्मेवारीबारे समेत छलफल गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६