काठमाडौं– रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बु सहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्धार गरेको छ।
उनीहरूलाई भारततर्फ लैजाने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका–७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा विभिन्न प्रलोभनमा पारी केही व्यक्तिहरूलाई भारततर्फ लाँदै गरेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूको उद्धार गरी अभियुक्तहरूलाई पक्राउ गरेको हो।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६