प्रदेश नम्बर–१ मा बाढी र डुबानसँगै सर्पदंशका बिरामीको चाप बढेको छ ।एक सातायता बाढी र डुबानका कारण विषालु सर्प घरभित्र पसेर मानिसलाई डस्नेक्रम बढेसँगै स्थानीय स्वास्थ्य संस्थाहरुमा सर्पदंशका बिरामीको संख्या बढेको हो ।
कोसी अञ्चल अस्पतालका अहेब अर्जुन मण्डलकाअनुसार अस्पतालमा अहिले दैनिक ८ देखि १० जना सर्पदंशका बिरामी उपचारका लागि भर्ना हुने गरका छन् ।सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थाहरुमा खोपको पर्याप्त व्यवस्था गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख भरत शाहले बताए ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६