रुपन्देही : तिलोत्तमा नगरपालिका-४ मगरघाटस्थित तिनाउखोलाबाट प्रहरीमाथि हातपात गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय रोधन थापा, १८ वर्षीय आयुष थापा, १८ वर्षीय विवेक विक र १८ वर्षीय सन्दिप विक रहेका छन् । तिलोत्तमा नगरपालिका-४ मगरघाटस्थित तिनाउखोलामा बालुवा चोरी भएको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी सो ठाउँमा पुग्दा करिब ५ जनाको समूहमा बसेका व्यक्तिहरुले प्रहरीमाथि हातपात गरी प्रहरीको मोबाइल खोसी भाग्न खोजेका थिए ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६