आइसिसी क्रिकेट विश्वकप २०१९ को उपाधी आइतबारको रोमाञ्चक खेलमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डले बाउन्ड्रीको आधारमा जित हात पार्यो। पहिलो पटक बाउन्ड्रीको आधारमा जित निकालेर विजेताको टुंगो लाग्दा उपविजेतामा सीमित न्युजिल्यान्डका खेलाडी स्तब्ध बने।
सुपर ओभरमा ब्याटिङ गरेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम बढी नै भावुक देखिएका छन्। उनले ट्विटमार्फ आफ्नो निरासा पोखेका छन्। उनले बच्चाहरुलाई अपील गर्दै खेललाई कहिल्यै पनि नरोज्नु भन्दै ट्विट गरेका हुन्।
उनले खेलेका छन्, बच्चाहरु हो, खेललाई कहिल्यै नचुन्नु। बेकिङ (बेकरी बनाउने काम) गर्नु अथवा अन्य केहि काम गर्नु। खुसी हुनु, मोटाएर ६० वर्षको उमेरमा मर्नु।
उनले यो पोस्ट गर्नुअघि इंग्ल्यान्डलाई बधाइ दिएर ट्विट गरेका थिए। साथै उनले मन देखेको र खेलको अन्तिम आधा घन्टाको समय निकै रहेको उल्लेख गर्दै दशकसम्म पनि नबिर्सिने उल्लेख गरेका थिए। यस्तै उनले सबै समर्थकलाई धन्यवाद दिँदै आफ्नो समर्थकसँग माफी समेत मागेका थिए।
आइतबार भएको फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्डले २४१–२४१ रन जोडेका थिए। त्यसपछि भएको सुपर ओभर पनि दुवै टिमले १५–१५ रन जोडे पछि बढी बाउन्ड्रीको आधारमा इंग्ल्यान्ड विजयी भएको थियो।
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६