दाङकाे घोराही उपमहानगरपालिका ६ मा रहेकाे कुलाेमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका ६ अगराका हर्कजित खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्रीको घर नजिकैको कुलोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घर नजिकै खेल्ने क्रममा कुलोमा डुबेर गम्भीर भएका शिशिरलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको दाङका प्रहरी प्रवक्ता बिनोदविक्रम शाहले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६