इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटको उपाधी आयोजक इंग्ल्याण्डले नै उचालेको छ । फाइनलमा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले नै उपाधी जितेको हो । उपाधिमा यो इंग्ल्याण्डको पहिलो जित हो ।
निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पनि खेल बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको हो ।
यसअघि न्यूजिल्याण्डले दिएको २४२ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रन बनाएपछि खेल बराबरी भएको थियो ।
इंग्ल्याण्डले सुपर ओभर र निर्धारित ५० ओभरमा २२ चौका र २ छक्का प्रहार गरेको थियो भने न्यूजिल्याण्डले १४ चौका र २ छक्का प्रहार गरेको थियो । निर्धारित ५० ओभर र सुपर ओभर पनि बराबरी भएपछि बढी बाउण्ड्री हानेका आधारमा इंग्ल्याण्ड विश्वविजेता बनेको हो ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६