इंग्ल्याण्डको लर्डस् क्रिकेट मैदानमा १२ औँ आईसीसी एक दिवसीय विश्वकप किक्रेटको उपाधिका लागि न्यूजिल्याण्ड र इंग्ल्याण्ड भिड्दै छन्। न्यूजिल्याण्डले टस जितेर पहिले व्याटिङ रोजेको छ।
इंग्ल्याण्ड र न्यूजिल्याण्डमध्ये जसले उपाधी उचाले पनि २३ वर्षपछि विश्वकप क्रिकेटको नयाँ विजेता बन्ने छ। सन् १९९६ पछि विश्वकप क्रिकेटमा नयाँ विजेता बनेको छैन। १९९६ मा श्रीलंकाले उपाधी जितेको थियो।
१२ औँ संस्करणसम्म आईपुग्दा आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियाले पाँच, भारत र वेष्ट इण्डिजले दुई–दुई तथा श्रीलंका र पाकिस्तानले एक–एक पटक जितेका छन्।
इंग्ल्याण्डले २७ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको हो। उसले हालसम्म तीनपटक विश्वकपको फाइनलमा स्थान बनाएपनि उपाधि जित्न सकेको छैन।
न्यूजिल्याण्डको विश्वकप क्रिकेटमा यो दोस्रो फाइनल हो। अघिल्लो संस्करणमा न्यूजिल्याण्ड फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६